सहकारीका बचतकर्ताको ५ लाखसम्मको बचत सुरक्षण गरिने
१५ जेठ, काठमाडौं । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्ताे जानकारी गराउनु भएकाे हाे ।
त्यस्तै, सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले बीउ पुँजी राख्ने बताउनुभएको छ । समस्याग्रस्त सहकारीका बचतकर्ताको निक्षेप, ऋण तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:१८












