निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घट्यो । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १०:५६












