हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
१५ जेठ, काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख १२ हजार २४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखेको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार ०९:२९








