३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१४ जेठ, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै,जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १०:२७