२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा सामान्य सुधार, १६१ कम्पनीको सेयर मूल्य घट्यो

१३ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा बन्द भएको छ ।

मंगलबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५२ करोडको कारोबार भएको हो । यस दिन पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भुगोल डेभलपमेन्ट इनर्जी कम्पनी, पियोर इनर्जी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाएको हो । त्यस्तै, गुरास लघुवित्तका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा यस दिन यूनिभर्सल पावर कम्पनीको शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : 15:33