गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता
१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।मंगलबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले दिएको रिट दर्ता भएको हो।
यसको पेसी बुधबारका लागि तोकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता भएको छ । रिटमा गभर्नर पौडेलले नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गरिएको छ।
प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १२:५०









