कतिमा भयो पियोर इनर्जीको पहिलो कारोबार ?
१३ जेठ, काठमाडौं । पियोर इनर्जीको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा यस दिन कम्पनीको सेयर प्रतिकित्ता २८९ रुपैयाँ ३ पैसामा पहिलो कारोबार भएको हो।
सोमबार कम्पनीको कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसाको ओपनिङ्ग रेञ्ज तोकेको थियो । सोही रेञ्जको आधारमा आज कम्पनीको सेयर पहिलो कारोबार भएको हो ।
प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार ११:१६













