आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१३ जेठ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर यस दिन प्रतितोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १०:४७












