२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

१३ जेठ, काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले केही कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी नक्सलामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १०:०७