आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१२ जेठ, काठमाडौं। घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १०:४३












