२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एडिलेडमा एभरेष्ट डे मनाइदै, मे ३१ मा पदयात्रा

एडिलेड । एभरेष्ट डे २०२५ को सन्दर्भमा एडिलेडमा विविध कार्यक्रमको आयोजना गरेर मनाईने भएको छ ।

नेपाली समुदायिक संस्थाहरुको संगठन फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का)को साउथ अष्ट्रेलिया समितिको आयोजनामा मे ३१ मा एडिलेडमा पदयात्रा हुने भएको छ ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले २९ मे १९५३ मा पहिलो पटक सगरमाथाको शिखरमा पुगेको ऐतिहासिक दिनलाई सम्झन प्रत्येक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस विश्वव्यापी रूपमा मनाइन्छ। यो दिन अब जलवायु परिवर्तनको बारेमा जागरूकता जगाउन र भावी पुस्ताका लागि सगरमाथा र हिमालय क्षेत्रलाई पवित्र प्राकृतिक वातावरणको रूपमा संरक्षण गर्न मनाइन्छ।

मे ३१ मा हुने पद यात्रा मोरियाल्टा कन्भर्सेसन पार्कबाट बिहान ८.३० बजे शुरु हुने कार्यक्रम रहेको छ । कार्यक्रममको समापनमा औपचारिक कार्यक्रम गरेर समापन गरिने फेन्का साउथ अष्ट्रेलिया संयोजक सुरेन्द्र रेग्मीले बताए ।

संयोजक रेग्मीले विश्वको सर्वोच्च शिखर नेपालको पहिचान माउन्ट एभरेष्ट माथी मानव जातिले सफलता पुर्वक आरोहण गरेको ऐतिहासिक दिनको संझना गर्दै पछिल्लो समय जलवायु परिवर्तनले एभरेष्ट सहित खास गरि हिमाली क्षेत्रमा पारेको प्रभाव वारेमा चेतना फैलाउन कार्यक्रम आयोजना गरिएको बताए । यस बर्षको नारा “सगरमाथा सहित  हिमालयको संरक्षण गरौ ” भन्ने रहेको छ ।

रेगमीले फेन्काले साउथ अष्ट्रेलिया सहित अष्ट्रेलियाका सबै राज्यहरुमा एभरेष्ट डे विविध कार्यक्रम आयोजना गरि मनाउन लागेको समेत बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार ०६:३४