नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो
११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा बन्द भएको छ ।
आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता सेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ । आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
यस दिन ओम मेगाश्री फार्मास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको सेयर मुल्य ८.१६ प्रतिशतका दरले गुमाएका छन् । यो दिन राधी विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ४९ लाख बढीको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति : 15:44









