आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा बन्द भएको छ ।
सेयर बजारमा गिरावट आउँदा यस दिन सिन्धु विकास बैंकको सेयर सर्वाधिक घटेको छ । यस दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.१६ प्रतिशतले घटेको हो। त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैकको सेयर मूल्य ५.९२ प्रतिशत, दोर्दी जलविद्युत कम्पनीको सेयर मूल्य ४.१२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १५:२६













