नेपाल फाइनान्सको १० लाख ९० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
११ जेठ, काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
बिक्रीमा राखीको सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि असार १ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रभु क्यापिटल, नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय, बनेपा, माछापुच्छ्रे,लगनखेल र तिलोत्तमा शाखा कार्यलय र प्रभु बैंकको विराटनगर, विरगञ्ज,पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार ११:२९












