९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सम्पदा लघुवित्तको २९ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

११ जेठ, काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले  सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफूले खरिद गर्ने सेयर संख्याको ब्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार ११:२०