४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४ सय कायम थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १०:४८