३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

नेशनल लघुवित्तको ७० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

९ जेठ, काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १२:१६