३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

९ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ११०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १०:४७