छिमेक लघुवित्तको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
९ जेठ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको मध्यबोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समययमा सो सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १०:१६












