८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

रवि लामिछानेको रिट हेर्दाहेर्दैमा

८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा राखेको हो ।

बिहीबार दुई पक्षका वकिलहरूले बहस गरेका छन्। तर बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हाे। लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १७:४९