८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

८ जेठ, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ५६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

यस घटनामा दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाट भएका थिए । यस घटनामा प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको हो। बाँकी २७ जनामाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको हो।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १६:१२