लाभांश पारित गर्न रिलायबल नेपालले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
८ जेठ, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता हुन तथा इन्स्योरेन्सको लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार ११:१०








