आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
८ जेठ, काठमाडौं । स्थानिय बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्दै छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलामा ३५ रुपैयाँ बढेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १०:५६












