२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

७ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३१६ स्टकको ८८ हजार १२१ पटकको कारोबारमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको। यस दिन श्वेत गंगा हाइड्रोपावर एणड कन्स्ट्रक्सन सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : 15:27