८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

दुई बैंकले ऋणपत्र निष्कासन गर्न पाए अनुमति, कुनको कति ?

७ जेठ, काठमाडौं । दुई बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल एसबिआई बैंकले  ऋणपत्र निष्कास गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रु. १ हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख भएको साइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये कम्पनीले ६ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४ लाख (सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

तेस्तै, धितोपत्र बोर्डले नेपाल एसबिआई बैंकलाइ १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भएको ‘नेपाल एसबिआई डिबेञ्चर २०९०’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।

कुल निष्कासमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ लाख कित्ता (सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १४:४२