ओम मेगाश्री फर्मास्युटिकल्सले बाेलायाे साधारण सभा
७ जेठ, काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते चितवनको भरतपुर महानगरपालिका–२१ जुगेडीमा रहेको उद्योग परिसरमा ९ औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, सञ्चालकहरुको पारिश्रमिक,बैंठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने लगायतका प्रस्तावहरू समेत पारित गरिने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही जेठ २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १४:३२













