रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
६ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि आजका लागि उक्त रिट हेर्दाहेर्दैमा राखिएको हाे ।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १७:५६









