३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख २७ हजार कित्ता सेयर बिक्रीमा

६ जेठ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख २७ हजार १०८.१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १०:४९