पिपुल्स पावरलाई हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
५ जेठ, काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न जेठ २ गते अनुमति दिएको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार ११:३४













