एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
५ जेठ, काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि जेठ ६ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै हकप्रदका किन्न सक्नेछन् ।
कम्पनीले शतप्रतिशत अर्थात अर्थात ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासनका गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार १०:३४













