२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

५ जेठ, काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेमा तेह्रथुम पावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयर मूल्य ३४७.०६ कायम भएको छ। । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५९४.११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार ०९:११