२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

रसुवामा ठूलो परिमाणमा सुन बरामद

४ जेठ, काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । आइतबार रसुवामा सुन बरामद भएको रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले बताउनुभयो ।

अन्दाजी सात किलो ६५३ ग्रामको सुन जस्तो पहेँलो धातु बरामद भएको शाहीले बताउनुभयो । बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १७:०९