९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिन हिरासत राख्न अनुमति

४ जेठ, काठमाडौं । दुर्गा प्रसाईंसहित २६ जनालाई  थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका प्रसाईंसहित २६ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहितलाई अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।

प्रहरीले उनीहरूमाथि राज्‍यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १६:३६