८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सिद्धार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

४ जेठ, काठमाडाैं । सिद्धार्थ बैँक र होलिडे इन् रिसोर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्ट काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघिमात्रै ‘सिद्धार्थ रिवार्डस’नामकलोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १६:०५