१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

माछापुच्छ्रे बैंकले पायाे अन्तर्राष्ट्रिय गुणस्तरकाे प्रमाणपत्र

२६ पुस काठमाडौँ । माछापुच्छ्रे बैंकले आईएसओ ९००१ः २०१५ मान्यता प्राप्त गरेकाे छ । उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युकेद्वारा प्रदान गरिएको हो।

आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ। आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भूमिका निर्वाह गर्दछ।

बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १७:१९