लेखा समितिकाे निर्णय सरकारले तत्काल कार्यन्वयन नगर्ने, कंसाकार र देवकोटाकाे निलम्बन राेकियाे
२६ पुस, काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रकरणलाई लिएर नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने भएको छ ।
संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोगसमेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १६:४२