दोर्दी खोला जलविद्युतको हकप्रद बाँडफाँड, १९ लाख ४६ हजार कित्ता सेयर लिलामीमा आउने
१ जेठ, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर हिजो वैशाख ३१ गते बाँडफाँड भएको हो ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका सबैले माग गरे बमोजिमको ८५ लाख ९५ हजार ९२८ कित्ता हकप्रद सेयर हात पारेका छन्। त्यस्तै, १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद बिक्री हुन बाँकी रहेको छ । बिक्री नभएको उक्त सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। साथै आफ्नो हकभन्दा बढी सेयर माग गरेर आवेदन दिने आवेदकको हकमा बाँडफाँडमा नपरेको सेयर बापतको रकम जेठ ४ गतेदेखि कनेक्ट आईपीएसबाट फिर्ता गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : 12:34









