नाफासँगै बढ्यो सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी
१ जेठ, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९९.३३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११५.२१ प्रतिशत बढेर ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको वित्तीय खर्च ३० करोड ४७ लाखबाट घटेर २२ करोड ७० लाख कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७० पैसा बढेर १६ रुपैयाँ १६ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.८५ गुणा रहेको छ।
प्रकाशित मिति : 12:18









