२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

महालेखाको प्रतिवेदनमा देखिएको बेरुजुले सरकारको कार्यक्षमतामाथि प्रश्न उठायाेः सांसद गैरे

१ जेठ, काठमाडाैँ । एमाले सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले वर्तमान सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको बताउनुभएकाे छ ।

सांसद गैरेले महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको बताउनुभएकाे हाे ।

उहाँले राज्यका निकाय र व्यक्तिहरूले आर्थिक अनुशासन पालना नगर्दा बेरुजुको समस्या बढेको गैरेले बताउनुभयाे। उहाँले बेरुजु बढ्दै गएमा अवस्था कस्तो होला भन्दै चिन्ता व्यक्त गर्नुभयाे । सांसद गैरेका अनुसार अहिले ७ खर्ब, ३३ अर्ब, १९ कराेड, ९ लाख रूपैँया बेरूजु देखिएकाे छ ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भन्नुभयाे, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।’

उहाँले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गर्नुभयाे ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १२:०८