५ वर्ष पुरानो नगद लाभांश लिन पोखरा फाइनान्सको आग्रह
१ जेठ, काठमाडौं । पोखरा फाइनान्स कम्पनी लिमिटेडले ५ वर्ष अघिको नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले ५ वर्षअघिको नगद लाभांश लिन आग्रह गरेको हो ।
कम्पनीले विसं २०७६ पुस १८ गते सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७५/७६ को नगद लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीहरुलाइ बुझिलिन आग्रह गरेको हो ।
उक्त लाभांश लिन बाँकी सेयरधनीहरुले रजिष्ट्रार प्रभु क्यापिटलमा सूचना प्रकाशित भएको १ महिनाभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले आग्रह गरेको छ । साथै, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार ११:५३












