२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सुनको मूल्यमा भारि गिरावट, कति पुग्यो तोलाको ?

१ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १०:५५