३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१ जेठ, काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधानीहरुको स्वामित्वमा रहेको केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधानीहरुको स्वामित्वमा रहेको ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकिएको छ । सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलपोखरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १०:३५