परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
२६ पुस, काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुषमा स्वराजसँग भेट गरेका छन् । ज्ञवाली र स्वराजबीच हैदरावाद हाउसमा वार्ता जारी रहेको छ।
परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्लीमा प्रत्येक वर्ष आयोजना हुने ‘राइसिना डाइलग’ मा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन् । मंगलबारबाट शुरु भएको सम्मेलनलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १५:४४