फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
१ जेठ, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को नाममा रहेको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । उक्त सेयर खरद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार ०९:३७












