छुट्ला है ! एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
१ जेठ, काठमाडौं । छ्याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात जेठ २ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : 09:19









