भारतीय नम्बर प्लेटको गाडी जाँचमा विवाद हुँदा नागढुंगाको सडकमा प्रहरीले खाए चड्कन
३१ वैशाख, काठमाडौँ । भारतीय नम्बर प्लेटको गाडी जाँचमा विवाद हुँदा नागढुंगाको सडकमा प्रहरीले चड्कन खाएका छन । नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका हुन ।
सडकमै ड्युटीमै रहेको समयमा साहले खड्कालाई चड्कन हानेका छन । जिल्ला प्रहरी परिसर काठमाडौंकाको अनुसार प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगा प्रमुख हुन भने खड्का नागढुंगा प्रहरी प्रभागमा कार्यरत छन् । नागढुंगामा यसअघि पनि भारतीय नम्बरप्लेटका सवारी चेकजाँचका समयमा यस्ता घटना हुने गरेका छन ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि सहले चेकजाँचकै विषयमा विवाद हुँदा खड्कामाथि हातपात गरेको विषय पुष्टि गरेको छ । यद्यपी कुट्ने साहले खड्काले पैसा मागेकाले कुटेको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रिपोर्टिङ गरेका छन । ट्राफिक जामका बेला गाडी नरोक भनेर साहले आदेश दिएको तर खड्काले भारतीय नम्बर प्लेटको गाडी रोकेपछि कुटेको बुझिएको छ ।
नागढुंगामा डिउटी गर्ननै प्रहरीमा सोर्स चल्ने भएकाले त्यहाँ हुने गतिबिधिबारे प्रहरी नेतृत्व जानकार नै रहेकाले बुधबारको यस घटनाका विषयमा पनि खासै छानविन र कारबाहीको कुरा नहुनसक्ने प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन ।
प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार २०:०६












