कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छोड्न आदेश गरेको हो।
काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा राई गत वैशाख १३ गते काठमाडौँको कपनस्थित निवासबाटै पक्राउ परेकी थिइन् । आज बयान र थुनछेक बहस सकिएपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।
प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार १७:५५












