क्यानको सम्झौताबाट बाहिरिने सन्दिपको घोषणा
३१ वैशाख, काठमाडाैँ । नेपाली क्रिकेटको राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को सम्झौताबाट बाहिरिने घोषणा गरेका छन । बुधबार फेसबुक मार्फत लामिछानेले क्यानको केन्द्रीय सम्झाैताबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका हुन ।

सन्दीपले व्यक्तिगत र व्यवसायिक कारणले क्यानको केन्द्रीय सम्झौताबाट बाहिर बस्न चाहेको उल्लेख गरेका छन । उनले क्यानको केन्द्रीय सम्झौतामा नरहे पनि नेपालको लागि भने उत्तिकै लगनशीलताका साथ खेल्ने बताएका छन। सन्दिपले धेरै सोच विचार गरेर क्यानको केन्द्रीय सम्झौताबाट बाहिर बस्ने निर्णय गरेको बताएका छन ।
प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार १४:४९












