आज बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
३१ वैशाख, काठमाडौं। आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार ११:१०












