प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
३१ वैशाख, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब सामान्य अंकले बढेको छ। अघिल्लो कारोबारको दिन मंगलबार १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९७ अंकले बढेर २६३५.२१ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको १४४ पटकको कारोबारमा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ १० पैसाबराबरको ५ हजार ६१५ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 11:00









